समाचार हेडलाईन न्युज

नेकपा एमालेका तीन जना सांसदले दिए राजीनामा

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

बुटवल – लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

उनीहरूले पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनीहरूमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले रहेकाछन्

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८