लुम्बिनी समाचार हेडलाईन न्युज

बिमला वली माओवादीतिर लागेपछि लुम्बिनीमा एमालेको बहुमत रहेन 

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली नेकपा माओवादी केन्द्रतिर लागेपछि एमालेको एकल बहुमत गुमेको छ । वलीले तत्कालीन नेकपाबाट दाङ ३ (ख) बाट उपचुनाव जितेकी थिइन् ।

२३ फागुन ०७७ मा सर्वोच्चले नेकपा खारेज गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएपछि उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको हो ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताए । वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने साविक एमालेबाट विजयी थिए ।

सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखबाहेक ४० सांसद पुगेको छ । लुम्बिनी प्रदेश सभामा ८१ जना सांसद छन् । संविधानको धारा १६८ ९१० अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८