समाचार हेडलाईन न्युज

लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत गुम्यो

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

काठमाडौ – दाङबाट प्रदेशसभा ३ (ख)मा नेकपाका तर्फबाट उपचुनाव निर्वाचित विमला वली माओवादीमा प्रवेश गरेकी छिन् ।

ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८