मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा थप ७ हजार २ सय ११ जनामा कोरोना: २७ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख १९ गते आइतबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट देशभर ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ७ हजार २ सय ११ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७८