समाचार हेडलाईन न्युज

थप ४ हजार ९ सय २८ जनामा कोरोना: ३५ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख १६ गते बिहीबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणबाट देशभर ४ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ९ सय २८ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा १ हजार १ सय २७ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८