शिक्षा/स्वास्थ्य समाचार

बिहीबार नेपालभर थप ४९२८ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५ सय ९७ पीसीआर परीक्षण गरेकोमा ४ हजार ९ सय २८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोनाले मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

त्‍यस्तै काठमाडौँ उपत्यकामा १ हजार ५ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंका १ हजार १ सय २७ जना, भक्तपुरका १ सय ८२ जना र ललितपुरका २ सय ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८