समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान

सुनकोशी न्युज

२०७८ बैशाख १६ गते बिहिबार

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले आजबाट जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेका छन्।

निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन र विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ। अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ।

आज बिहानसम्म ट्राफिक प्रहरीले ४ सय ११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ। जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन्। त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८