समाचार हेडलाईन न्युज

दुलाह दुलही सहित १५ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि सवारी पास आवश्यक नपर्ने

सुनकोशी न्युज

२०७८ बैशाख १४ गते मंगलबार

काठमाडौ – बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलही सहित १५ जनाका लागि दुईवाटा सवारी साधान प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जारी आदेशमा आज संशोधन गरी बैंक, वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने व्यबस्था पानि गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १४, २०७८

 

 

ताजा अपडेट