समाचार हेडलाईन न्युज

थप ४ हजार ८ सय ९७ जनामा कोरोना: १७ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख १५ गते बुधबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय २३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८ सय ९७ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १ हजार ४ सय ६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८ सय २२ पुगेको छ।

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८