समाचार हेडलाईन न्युज

गण्डकी प्रदेश सभा सांसद शाहीलाई अस्पतालको ‘आईसीयू’मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्षी कांग्रेसको आपत्ति

सुनकोशी न्युज

२०७८ बैशाख १५ गते बुधबार

काठमाडौं – गण्डकी प्रदेश सभाका जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको ‘आईसीयू’मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति व्यक्त गरेको छ ।

कांग्रेस प्रवक्ता शर्माले अविश्वास प्रस्ताव आएपछि त्यसको सही ढंगले निरुपण गर्नुपर्नेमा सरकार गैरजिम्मेवार भएको बताएका छन्। ‘संसदीय परिपाटीमा अविश्वासको प्रस्ताव आउँदै गर्दा स्वस्त ढंगले निरुपण गराउने जिम्मेवारी सरकारको हो,’ उनले भने, ‘कोरोनाको बिरामी आईसीयू बेड नभएर छटपटिइरहेका छन् तर सांसद शाहीको त कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ तर पनि कसैलाई भेट्न नदिने गरी स्वास्थ्य अवस्था गम्भीर छ भनेर आइसीयूमा राखिएको छ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत स्वस्थ व्यक्तिलाई अस्पतालमा राखिनु र उपचारका नाममा बन्दी बनाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रश्न गरेका छन्। उनले सोधेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?’

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाहीको कोभिड निगेटिभ रिपोर्ट:

 

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८