समाचार हेडलाईन न्युज

अस्पताल भर्नाले सत्ता जोगाउन सकिए पनि संविधानले हार्नेछ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

सुनकोशी न्युज

२०७८ बैशाख १५ गते बुधबार

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद् किनबेचले सत्ता जोगिए पनि संविधान हार्ने बताएका छन् ।

बाबुरामले ट्वीट गर्दै सांसद किनबेच, अपहरण निस्कासन र अस्पताल भर्नाले सत्ता जोगाउन सकिए पनि संविधानले हार्ने बताएका हुन् ।

उनले यस्ता खेलले देश र सर्वाभौमसत्तासले हार्ने भएकाले यस्तो अवस्थालाई लामो समय नराखी राष्ट्रिय सहमति कायम गर्न मागसमेत गरेका छन् ।

बुधबार गण्डकी प्रदेशसभामा भएको घटनालाई लिएर बाबुरामले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीट:

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८