समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा कोरोना: १८ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख १४ गते मंगलबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ८१ वटा नमुनाको परीक्षण गरिएकोमा ४ हजार ५२४ जनाको नतिजा पोजिटिभ आएको हो । ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण २४ घण्टामा मात्र १८ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: मङ्लबार, बैशाख १४, २०७८