समाचार हेडलाईन न्युज

माअाेवादी केन्द्रका अध्यक्ष सिन्धुलीको मूलकाेटमा

सुनकाेशी न्युज
२०७७ चैत ४ गते बुधबार
मूलकाेट, सिन्धुली । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुलीको मुलकाेट पुगेका छन् ।
सिन्धुलीका कार्यकर्ता भेटघाटमा हिडेका अध्यक्ष प्रचण्डले सुनकोसी गाउँ पालिकाकाे मुलकाेटमा खाजा खान राेकिदा गाउपालिका अध्यक्ष दीपा दाहाल लगायत त्यस भेगका कार्यकर्तासँग संक्षिप्त भलाकुसारी गरेका हन्।
अध्यक्ष प्रचण्डसँगै स्थायी समिति सदस्य तथा सिन्धुलीका संघीय सांसद हरिवाेल गजुरेल पनि कार्यक्रममा सहभागी रहेका छन् ।
राष्ट्रिय राजनीति सत्ता समिकरणकाे जाेडघटाउमा लागेका बेला प्रचण्ड भने राजधानीबाट १७० किमि टाढा सिन्धुलीका कार्यकर्ता भेट्न हिडेका हन्।
केपी अाेलीले गरेको असंवैधानिक संसद बिघटनबिरुद्धकाे अान्दोलन सफल भएको उनलेे बताए ।
प्रतिगमनका सबै हरकतबिरुद्ध डटेर लडाइँ लड्ने नेता गजुरेलले बताए ।

प्रकाशित मिति: बुधबार, चैत्र ४, २०७७