मुख्य समाचार समाचार

संसदमा रहेका दलहरुलाई राष्ट्रपतिले छलफलमा बोलाइन्

सुनकोशी न्युज
२०७७ चैत्र २ गते सोमबार
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

देशमा राजनीतिक संकट चुलिइरहेको बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता राजनीतिक खिचातानी चलिरहेको छ ।

सर्वोच्च अदालतले फागुन ११ मा प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गरेपनि फागुन २३ मा सर्वोच्च अदालतले फेरि नेकपा विघटन गरिदिएपछि सरकार नै धरापमा परेको छ । सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने पहल गरिरहेको छ भने एमालेभित्रैपनि तीव्र मतभेद रहेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७७