समाचार हेडलाईन न्युज

प्रदेशसभा सदस्य रेग्मीमाथि कारबाही गर्न केन्द्रमा सिफारिस

सुनकोशी न्युज
२०७७ चैत्र ९ गते सोमबार
दैलेख । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा आएका छैनन् र पार्टीले सोधेको स्पष्टीकरणमा पनि दिएका छैनन् ।

आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरिएको उनले बताइन् ।

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७७