समाचार हेडलाईन न्युज

माओवादी केन्द्र ब्यूँतिने, माधव नेपाल एमालेमै फर्केर संघर्ष गर्ने

सुनकोशी न्युज
२०७७ फाल्गुण २४ गते सोमबार
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २४, २०७७