समाचार हेडलाईन न्युज

विप्लवका नेता/कार्यकर्ता छाड्न गृह मन्त्रालयको सर्कुलर

सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार

काठमाण्डौं । नेत्र विक्रम चन्द( विप्लव) समूहका नेता तथा कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।

बिहीबार नेपाल सरकार र विप्लव समूहबीचको वार्तापछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

ुजिल्ला प्रशासन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने मुद्दा छन् भने त्यसलाई प्रक्रिया पुर्‍याएर भोलिसम्ममा छाड्ने भन्ने छ,ु उनले सेतोपाटीसँग भने।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर पठाइएको उनले बताए।

ुप्रशासन कार्यालय बाहेक अन्त मुद्दा रहेको हकमा विवरण मागिएको छ। विवरण प्राप्त भएपछि के कसरी कुन प्रक्रियाबाट गर्न सकिन्छ त्यो गर्नेछ,ु उनले भने।

मन्त्रिपरिषद्को बैठकले बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि भएको थियो।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ुविप्लवुले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २०, २०७७

 

 

ताजा अपडेट