समाचार हेडलाईन न्युज

प्रेस संगठनमा नयाँ कार्यविभाजन, भट्टराई बने इन्चार्ज

सुनकोशी न्युज
२०७७ फाल्गुण ९ गते आइतबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालको पुनर्गठन भएको छ । सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गरेको छ । संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना र विष्णु रिजाललाई चयन गरिएको छ।

संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् । महासचिवमा राजेश राईलाई चयन गरिएको छ। नेकपा विभाजित भएपछि उसका पेशागत संगठनहरुलाई पुनर्गठन गरिएको हो।

प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ । जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन, सह इञ्चार्जमा लक्ष्मण खड्का, शालिकराम नेपाल र संयोजकमा सुनिल खड्का चयन भएका छन् । गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन्।

लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे, सहइञ्चार्ज सुशील पोखरेल र संयोजक मानसिंह विक चुनिएका छन् ।

कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजकमा प्रतिक इच्छुक चयन भएका छन् । सह इञ्चार्जमा देवीराम देवकोटा चयन भएका छन् ।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवराज भण्डारी चुनिएका छन्। उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएका छन्।

एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्का र वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ

प्रकाशित मिति: आइतवार, फाल्गुन ९, २०७७