अर्थ/विजनेस समाचार

प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालनमा

सुनकोशी न्युज
२०७७ फाल्गुण १० सोमबार
जुम्ला । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पनि आफ्नो शाखा खोलेको छ ।
मिति २०७७ फाल्गुण १० गते देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा आप्mनो २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिकाका मेयर श्रीकान्तीका सेजुवालज्यले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नुभयो ।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७