समाचार स्थानीय हेडलाईन न्युज

फिक्कलको नागथानमा आगलागि हुदा ५ घर जलेर नष्ट

सुनकोशी न्युज
२०७७ फाल्गुण ८ गते शनिबार
फिक्कल, काठमाण्डौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ नागथानमा आगलागि हुँदा ५ घर जलेर नष्ट भएका छन् ।

शनिबार अपरान्ह हुन गएको आगलागिबाट नागथानका ती घरहरु जलेर नष्ट भएको स्थानीयले जानकारी दिए । रक्सी बनाउने क्रममा रक्सीभट्टिमा बलिरहेको आगो घरमा सल्किन गई आगलागि भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

स्थानीयबासी र प्रहरुको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको छ । क्षतिको पूर्ण विवरण संकलन भैनसकेको इलाका प्रहरी कार्यालय फिक्कलले बतायो । आगलागिबाट लाखौंको धनमाल नष्ट भएको स्थानीयको भनाइ रहेको छ ।

गर्मी महिना सुरु हुन लागेको मौषममा जंगलका घाँसपात सुक्ने, हावाहुरी चल्ने र जंगलमा आगलागि हुने घटना बढ्न सक्ने भएकाले जंगलछेउ रहेका बस्तीहरुले आगलागिबाट बच्न विशेष सजगता अपनाउनुपर्ने सिन्धुली क्षेत्र नं. १ का सांसद तथा फिक्कल निवासी गणेश पहाडीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ८, २०७७