समाचार स्थानीय हेडलाईन न्युज

मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुदा १ को मृत्यु ३३ घाईते

सुनकोशी न्युज
२०७७ माघ २३ गते शुक्रबार
मरिण, सिन्धुली । सिन्धुलीको मरिणमा विहेको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मरिण गाउँपालिका वडा नं २ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँचजनामध्य उपचारको क्रममा एक जनाको मृत्यु भएको हो ।अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई पनि थप उपचारको लागि एम्वुलेन्समा काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । सामान्य घाइतेहरुको स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको छ ।

ट्रेलरमा ३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीब्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिप्रका सिन्धुलीका प्रवक्तले जानकारी दिनुभयो । दुर्घटना शुक्रबार दिउसो १२ बजेको हो ।

काठमाण्डौंको ट्रमा सेन्टरमा उपचाररत सबै घाइतेका आफन्त नआइसकेका कारण सिन्धुलीका सांसद तथा नेता हरिवोल गजुरेल र काठमाण्डौंका सिन्धुलीबासीहरुले सहयोग गरिरहेको ऋषिराम गड्तौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७