मुख्य समाचार समाचार

मन्त्रीपरिषदबाट ३ देशका लागि राजदूत सिफारिस

सुनकोशी न्युज
२०७७ मंसिर २३ गते मंगलबार
काठमाण्डौं । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २३, २०७७