समाचार

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं आइपुगे

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७