अर्थ/विजनेस समाचार हेडलाईन न्युज

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको हिजो भएको ५४ औं वार्षिक साधारणसभाबाट ढकाल प्रतिस्पर्धी किशोर कुमार प्रधानलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

ढकालले कुल खसेको मतको ५४.६२ र प्रधानले ४५.७४ प्रतिशत प्राप्त गरेका छन् । महासंघको विधान अनुसार ढकाल अब साढे दुई वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा आजदेखि १९ औं अध्यक्ष बनेका छन् ।

हिजोसम्म भवानी राणा महासंघको १८ औं अध्यक्ष थिइन् । गत चैतमा हुनुपर्ने महासंघको निर्वाचन कोरोना महामारीका कारण दुई पटक सरेर मंसिर ११ गतेदेखि १३ गतेसम्मको लागि तय भएको थियो ।

निर्वाचनमा ढकालले एसोसियटतर्फ ५ सय २२ र किशोरले ३७५ मत ल्याएका छन् भने वस्तुगतमा ढकालले ५९ र किशोरले ३९ मत ल्याएका छन् । त्यसैगरी जिल्लानगरतर्फ ढकालले ५२ र किशोरले ५३ मत ल्याएका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७