मुख्य समाचार समाचार

मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै काठमाडौं महानगर

सुनकोशीन्यूज
२०७७ मंसिर ७ गते आइतबार

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरिएको हो ।

अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यानमार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै परिक्षण गर्न आग्रह गरे ।

कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७७