अर्थ/विजनेस

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

सुनकोशी न्युज
२०७७ कार्तिक १९ गते बुधबार
नवलपुर । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०७/१९ देखि नवलपुर (नवलपरासीपूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवाविस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०७७