अर्थ/विजनेस मुख्य समाचार

पोखराको मातृशिशु अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ कार्तिक १७ गते सोमबार
कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आजदेखि आफ्नो नयाँ एक्टेन्शन काउन्टर संचालनमा ल्याएको छ ।

मातृशिशु मितेरी हस्पिटल परिसरमा आज बिहान १० बजे गण्डकी प्रदेशका प्रदेश सांसद कृष्ण बहादुर थापाले एक समारावीच प्रभु बैंक लि. मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा अस्पतालमा आउने सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

‘काउण्टर सञ्चालनपश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गर्दछ ।’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७७