समाचार हेडलाईन न्युज

गत २४ घण्टामा १५५९ थपिदा संक्रमितको संख्या ७७,८१७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज १४ गते बुधबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो सँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

गत २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।

प्रकाशित मिति: बुधबार, अशोज १४, २०७७