समाचार हेडलाईन न्युज

काठमाडौंमा ५७० सहित उपत्यकामा थप ७११ जनामा कोरोना: संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उपत्यकामा एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।

उपत्यकाको काठमाडौंमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १२ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।

शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत नै संक्रमितको संख्या घटेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७