शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो, ६२ हजार ७ सय ९७ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार

काठमाण्डौं । कारोना भइरसका कारण नेपालभित्र मर्नेको संख्या ४०१ जना पुगेको छ ।

आजसम्मको तथ्यांक अनुसार जम्मा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने थप ११ जनाको मृत्यु भएको छ । काठमाण्डौं उपत्यकामा मात्रै ७११ जना नयाँ संक्रमित थपिएका छन् ।

थप १४४७ जनाले आज कोरोना जितेर घर फर्किएका छन् । १७ हजार २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७