मुख्य समाचार समाचार स्थानीय

सिन्धुलीका गाउँपालिकाहरुले यसरी मनाए संविधान दिवस

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार

सिन्धुली । सिन्धुलीका मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका अध्यक्षहरुले संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । बागमति गाउँपालिकाका अध्यक्ष सार्केश घलान मधु पनि कार्यक्रममा सहभागी भएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ झनझनेमा रहेको गाउँपालिका कार्यालय परिसरमा भएको कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा दाहाल बोहोरा, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामा र बागमति गाउँपालिका अध्यक्ष सार्केस घलान सहभागी थिए ।

अध्यक्षहरु, कर्मचारी र नेकपाका केही नेताबीच मैत्रीपूर्ण ब्याडमिन्टन खेलेर संविधान दिवस मनाइएको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिए् । यसरी सिन्धुलीका गाउँपालिका अध्यक्ष, नेता र कर्मचारी एकै स्थानमा भेला भई संविधान दिवस मनाएर नयाँ सन्देश दिने प्रयास गरेका छन् ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कमलजंग राई र जिल्ला सचिवालय सदस्य रमेश कार्की पनि सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७