मुख्य समाचार समाचार स्थानीय

दुधौलीको जनजागरण मावि भवनको डिपिआरबारे छलफल, स्कुलमा ५ सय जनाको छात्रबास बन्ने

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार

दुधौली । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ हर्षहीमास्थित श्री जनजागरण माध्यमिक बिद्यालयको भवन निर्माणका लागि सरोकारवालाबीच आज अन्तरकृया भएको छ ।

बागमति प्रदेश सांसद तथा नेकपा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालको अतिथ्यतामा सम्पन्न कार्यक्रमले विद्यालयलाई आवाशिय विद्यालय बनाउन लागिएकोले स्कुललाई कसरी सम्पन्न गर्ने भन्नेबारे गहन विमर्श गरेको नेकपा जिल्ला सचिवालय सदस्य दिनेश अधिकारीले जानकारी दिए ।

छिटै निर्माण हुन लागेको सो विद्यालय भवनका साथै ५ पाँच सय छात्र–छात्रा बस्न मिल्ने सुबिधा सम्पन्न छात्रवास सहितको डिपिआर बारे छलफ भएको हो ।

सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद दाहालले यसलाई जसरी पनि सम्पन्न गर्ने र विद्यालयले यस भेगका वालवालिकाको शैक्षिक विकासमा अद्वित्तिय भूमिका खेल्ने बताए ।

कार्यक्रममा पूर्व सांसद गङगा प्रसाद नेपाल, दुधौली नगरप्रमुख घनश्याम राउत, बागमती प्रदेश शिक्षा बिकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइँटेल, उप –प्रमुख बालकुमारी अधिकारी, जिल्ला शिक्षा समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेल लगायत नेकपाका जिल्ला नेतृत्व, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावकहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नबराज कार्की, शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७