शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

जुम्लामा अनसनरत डा. केसीलाई काठमाण्डौं ल्याइदै

सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार

काठमाण्डौं । गत आठ दिनदेखि जुम्लाको मष्ट मन्दिरमा सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उपचारको लागि काठमाण्डौं पठाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत ड. केसीलाई काठमाडौं पठाउन आज नेपालगञ्ज पठाइएको छ । कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज लगिएको छ ।

१९ औं भोकहड्तालको आठौं दिन सोमबार डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उनका सहयोगीले बताएका छन् । केसीले काठमाडौं पुगेर पनि हड्ताल जारी राख्ने बताएका छन् ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ– ६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमा अनसनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पुर्‍याएको थियो । आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिन मानेका थिएनन् ।

प्रकाशित मिति: सोमवार, अशोज ५, २०७७

 

 

ताजा अपडेट