शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कोरोनाबाट मृत्यु हुनको संख्या ४२७ पुग्यो, गत २४ घण्टामा १६ को मृत्यु

सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार

काठमाण्डौं । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

मृत्यु हुनेमा ३ जना महिला र १३ जना पुरुष रहेका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसैगरी, काठमाडौँका २ जना ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमवार, अशोज ५, २०७७

 

 

ताजा अपडेट