समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २८ गते आइतबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा १ सय ७८ महिला र ३ सय ५ पुरुष, भक्तपुरमा २२ महिला र ५९ पुरुष र ललितपुरमा १६ महिला र १७ पुरुषमा कोरोना देखिएको हो ।

प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७