समाचार हेडलाईन न्युज

पीसीआर परीक्षणको शुल्क दुई हजार निर्धारण

सुनकोशी न्युज
२०७७ भाद्र २८ गते आइतबार

काठमाडौं – सरकारले कोरोना भाइरसको (कोभिड–१९) सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

यसअघि पीसीआर परीक्षणकाे शुल्क चार हजार चार सय रुपैयाँ ताेकिएकाे थियाे ।

सरकारले सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७