समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ३९ जनामा कोरोना : संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २८ गते आइतबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ३९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७