शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

आजसम्म ३६ हजार ६ सय ७२ जना कोरोनामुक्त, ५१ हजार ९ सय १९ संक्रमित

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार
काठमाण्डौं । कोभिड–१९ को संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ३६६७२ जना पुगेको छ । आज मात्र देशभरि ९७२ जना कोरोनामुक्त भएका छन् ।

नेपालभरि कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ । आज परिक्षण गरिएका संक्रमितहरुमध्य देशभरिका १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृतकहरुमध्य आजको २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएसँगै देशभरिबाट कोरोनाका कारण मर्नेको संख्या ३२२ जना पुगेको छ ।

कोरोना संक्रमणको दर बढेपनि अर्थिक गतिविधि ठप्प भएका कारण मानिस भोकभोकै मर्ने अवस्था आउने कुरालाई मध्यनजर गर्दै सरकारले हिजो भाद्र २५ गतेबाट निशेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएको छ । सरकारले सुरक्षा मापदण्डलाई पालना गर्दै विभिन्न पेसा व्यावसाय संचालन गर्न र सवारी संचालन गर्न अनुमति दिएको थियो ।

होटल, सभा, धार्मिक सभा, सम्मेलन, पार्टीप्यालेस, जिमखाना लगायत केही सेवा भने अझै संचालन नगर्न निर्देशन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७