समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा १ हजार ५४ र भक्तपुरमा ८ सय ५२ जनामा संक्रमण देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७