समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ४ सय ५४ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ र निको हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ। पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३२ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७