समाचार हेडलाईन न्युज

विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीन

सुनकोशी न्युज
२०७७ भाद्र २५ गते बिहिबार

काठमाण्डाै – विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेले अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।

त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहाेर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने र १४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नु नपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७