समाचार हेडलाईन न्युज

बैठकबाट प्रम ओली फेरि किन बाहिरिए ?

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार
काठमाण्डौं । बालुवाटारमा जारी नेकपा सथायी कमटिीको बैठकबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु हुनेबित्तिकै बाहिरिएका छन् । लगभग तीन महिनाअघि सुरु भएको स्थायी समितिको बैठक आज बालुवाटारमा पुनः बसिरहेको छ ।

प्रम ओली कोरोना सर्नसक्ने भन्दै बैठकबाट बाहिरिएको वालुवाटार स्रोतले बतायो । स्वास्थ्य कमजोर भएका कारण कुनै पनि रोगले सजिलै संक्रमण गर्न सक्ने र रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर भएका कारण उनी बैठकबाट बाहिरिएको स्रोतले बतायो ।

बैठकका लागि दुबै अध्यक्षले संयुक्त दस्तावेज तयार पारेर छलफलका लागि बैठकमा पेस गरेका छन् । सबै सदस्यलाई उक्त दस्तावेज दुईदिन अगावै इमेलमार्फत जानकारी गराइएको थियो । अहिले सदस्यहरु उक्त दस्तावेजमाथि छलफलको क्रममा रहेका छन् ।

विवाद समाधानका लागि गठित ६ सदस्यी कार्यदलले दिएको सुझावको आधारमा अध्यक्षद्वयले बैठकको दस्तावेज तयार पारेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७

ताजा अपडेट