समाचार सुदुरपश्चिम हेडलाईन न्युज

‘रामे’ भनेर बोलाउदा वडाध्यक्षकै अगाडि गोबर खुवाईयो

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार
डडेलधुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ मा समान्य विवादको छलफल भइरहेका बेला बुबाको अपमान गरेको भन्दै नरेन्द्र मिश्रले स्थानीय नारायणदत्त जोशीलाई गोबर खुवाएका छन्।

शीर्ष मा वि का प्रधानाध्यापक रामदत्त मिश्रलाई नरेन्द्रका बुबाले बजारमै ‘रामे’ भनेपछि भएको विवाद समाधान गर्न बिहीबार वडाध्यक्ष तथा स्थानीय बुद्धिजिवीहरुको छलफलमै प्रअ राम मिश्रले नारायण जोशीलाई गाली गरेपछि प्रअ रामसँग हातपात भएको र उनका छोरा नरेन्द्रले त्यही समयमा नारायणलाई गोबर कोचाएको वडा नम्बर ४ का वडाध्यक्ष गोपालदत्त जोशीले बताए ।

छलफल कुटपीटमा परिणत भएपछि प्रहरीलाई खबर गरी दुवै जनालाई प्रहरी कार्यालय जोगबुडाले नियन्त्रणमा लिएर पछि दुवै जनालाई स्थानीय कैलाशकुमार पाण्डेयको जिम्मा लगाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७