समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना : संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २५ गते बिहिबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार २ सय ४६ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७