समाचार हेडलाईन न्युज

उपत्यकामा विहिबारदेखि ठूला सवारीसाधन चलाउन र डिपार्टमेण्टल स्टोर खोल्न पाइने

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार
काठमाण्डौं । काठमाण्डौं उपत्यकामा भाद्र २५ गते विवहिबारबाट १६ सिटेभन्दा ठूला सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ ।

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँगको छलफलपछि लकडाउन केही खुकुलो बनाउने भन्दै सवारी साधन चलाउन पाउने निर्णय गरेका हुन् । त्यसका लागि जोर–बिजोर प्रणाली लागु हुने छ ।

त्यसैगरी, ठूला डिपार्टमेन्टल स्टोर र सपिङमलहरु पनि खोल्न पाइने निर्णय गरेको छ । मापदण्ड पालना गर्न लगाएर विहान ११ सम्म र बेलुका ४ बजेपछि संचालन गर्न निर्णय भएको काठमाण्डौंका प्रजिअ जनकराज दाहालले बताए ।

कोरोना नियन्त्रणका लागि लकडाउन प्रभावकारी भएता पनि आर्थिक गतिविधि सिथिल हुँदा जनजीवन अस्तव्यस्त भएको र जनता भोकभाकै मर्नुपर्ने अवस्था आएकाले लकडाउनको विविध विकल्पमा जानुपरेको निश्कर्षसहित उपत्यकामा लकडाउन खुकुलो बनाइएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७