समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा बिहीबारदेखि जोर बिजोर प्रणाली : विभिन्न किसिमका पसलहरु बार अनुसार खोल्न पाइने

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार

काठमाडौँ – काठमाडौं उपत्यकामा बिहीबारदेखि निजी तथा १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीका साधनहरुमा जोर बिजोर प्रणाली लागू भएको छ ।

ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने छ भने भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ ।

यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

निषेधाज्ञा खुकुलो बनाउने निर्णयहरु:

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७