समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप ६ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या ३१२ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंका ८३ वर्षीया, कास्कीका ७४ वर्षीया र बाँके ८० वर्षीया महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ६७ वर्षीय,  अर्घाखाँची ४२ वर्षीय र नवपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या ३ साय १२ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७