समाचार हेडलाईन न्युज

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोइरालाले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २३, २०७७