समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २३ गते मंगलवार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २३, २०७७