समाचार हेडलाईन न्युज

नेपालमा थप ९ सय २ जनामा कोरोना : संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २३ गते मंगलवार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ९ सय २ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

अहिले देशभरि १४ हजार ८ सय ६८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ६ हजार ८ सय १५ जना घरमै र ८ हजार ५३ जना संस्थागत आइसोलेशनमा छन्।

प्रकाशित मिति: मङ्लबार, भदौ २३, २०७७